प्रदेश २ मा एकैदिन १७४ जनामा कोरोना पुष्टि

प्रदेश २ मा एकैदिन १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार १७४ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३२३ पुगेको छ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार सबैभन्दा बढी सर्लाहीमा १२० जनामा संक्रमण पुष्टि भएको हो। १२० जना थपिएसँगै सर्लाहीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३७० पुगेको छ।

सर्लाहीको विष्णुपुर गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका र चक्रघट्टी गाउँपालिकास्थित क्वारेन्टिाइनमा रहेका १२० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसैगरी सप्तरीको बलान विहुल नगरपालिकास्थित क्वारेन्टाइनमा रहेकाहरूमध्ये १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सप्तरीमा संक्रमितको संख्या ९२ पुगेको छ।

महोत्तरीको औरही नगरपालिका र जलेश्वर नगरपालिकास्थित क्वारेन्टाइन गरी १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। १२ जना नयाँ संक्रमित थपिएसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ।

रौतहटको ईशनाथ नगरपालिका, गौर नगरपालिका र परौवा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेकाहरू मध्ये ११ जनामा संक्रमण पुष्टि भएको छ। रौतहटमा कोरोना संक्रमितको संख्या ४०८ पुगेको छ।

यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौतास्थित क्वारेन्टाइन गरी ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ७ जना थपिएसँगै बारामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ।

पर्साको जग्गनाथपुर नगरपालिकास्थित क्वारेन्टाइनमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पर्सामा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ।

कोरोना संक्रमण पश्चात उपचारपछि निको भएर २२६ जना घर फर्किइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक हजार कोरोना संक्रमित नाघिसकेको प्रदेश २ मा १२ हजार ३८० जनाको पीसीआर नतिजा आउन अझै बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय