अस्पतालमा आत्मदाहको प्रयास गरेका सिद्धार्थको उपचारका क्रममा मृत्यु

अछाम जिल्लाको बयालपाटा अस्पताल जागिरबाट हटाएको आक्रोशमा आफ्नै शरीरमा आगो लगाएका कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ।

अछाम बयलपाटा अस्पतालबाट निकालेपछि शरीरमा पेट्रोल छर्केर सख्त घाईते भएका साँफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए। उनी दुई वर्षदेखि बयलपाटा अस्पतालमा सरसफाइ कर्मचारीको रूपमा कार्यरत थिए।

बिहान बेलुकाको छाक टार्नसमेत धौ धौ भएको भन्दै उनले शरीरमा पेट्रोल छर्केर आगाे लगाएका थिए। अस्पतालले आर्थिक संकट परेको भन्दै उनीलगायत ३३ कर्मचारीलाई  हटाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय