नेपालमा ३ हजार ७६२ जनामा कोरोना संक्रम‍ण, १४ को मृत्यु

नेपालमा विभिन्न जिल्लामा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले थप २१३ जनामा कोरोना संक्रमण देखिएको बताए ।

सोमबार थपिएका मध्ये २९४ पुरुष र २० महिला रहेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो। यो सँगै कोरोना संक्रमित संख्या ३ हजार ७ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये ३ हजार ५०६पुरुष र २ सय ५६ महिलामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ४८८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।
स्याङजाको वालिङ नगरपालिकाका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको मन्त्रालयल जानकारी दिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा १४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय