कर्णालीमा थपिए १६ कोरोना संक्रमित
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा शाखाले सोमबार दिउँसो विज्ञप्ति प्रकाशित गरी थप १६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।
थपिएका संक्रमितमा दैलेखका १० जना, सल्यानका ५ र सुर्खेतका एक जना छन्। १५ देखि ४० वर्ष उमेर समूहका संक्रमित मध्ये एक जना महिला र १५ जना पुरुष रहेका हुन्।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १६ जनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो।