भारतबाट एउटै बसमा आएका अर्घाखाँचीका ३० जनामा कोरोना संक्रमण

भारतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँग एउटै बसमा आएका ३० जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

क्वारेन्टायनमा रहेका उनीहरूको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

‘संक्रमित मृतकसँग एउटै गाडीमा आएका ५१ जनालाई छुट्टै क्वारेन्टाइनमा राखेका थियौं। उनीहरूमध्ये ३० जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ,’ पोडेलले भने।

गत जेठ १० गते भारतबाट आउने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ३५ वर्षीय युवकको मृत्यु भएको थियो। पछि उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

संक्रमण पुष्टि भएकामध्ये दुई जना महिला छन् भने बाँकि पूरुष रहेका छन्। संक्रमितमध्ये सन्धिखर्क नगरपालिकाका २८ जना, पाणिनी र सितगंगाका एक/एक जना रहेका छन्।

कोरोनाबाट मृत्यु भएका युवकको घरपरिवारका सदस्यमा भने कोरोना भाइरसको संक्रमण नदेखिएको पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय