लक्ष्मी लघुबित्तको तुरतुरे शाखाद्वारा भानु नगरपालिकाको कोषमा १० हजार सहयोग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २६ गते १५:०४

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेडको तनहुँस्थित तुरतुरे शाखाले १‌० हजार सहयोग गरेको छ।

कोरोना राहत तथा क्वारेन्टाइन व्यवस्थापनका लागिभन्दै जिल्लाको भानु नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा हुनेगरी संस्थाले उक्त रकम प्रदान गरेको हो। लघुबित्तका तर्फबाट शाखा प्रवन्धक रामकृष्ण आचार्यले नगरपालिकाकी उपप्रमुख आशा थापालाई चेक हस्तान्तरण गरेका थिए।

सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायका साथ रकम प्रादन गरिएको आचार्यले बताए। सयअघि पनि बित्तिय संस्थाले सातै प्रदेशमा प्रदेश सरकारको कोरोना कोषमा रहने गरी दुई/दुई लाखका दरले १४ लाख सहयोग गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय