सप्तरीमा सेनाले बनायो सय शैय्याको आइसोलेसन कक्ष

नेपाली सेनाले सप्तरीमा एक सय शैयाको आइसोलेसन कक्ष तयार पारेको छ।

राजविराज नगरपालिका-२ मा जीर्ण अवस्थामा रहेको साइकृष्ण अस्पताललाई मर्मत गरी आइसोलेसन कक्ष तयार पारिएको हो।

सेनाको भीमलाल गणले तयार गरेको आइसोलेसन कक्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

कोरोनाको महामारी चलेपछि सप्तरीमा आइसोलेसन कक्षको अभाव परेको थियो। अभाव टार्न सेनाले जीर्ण रहेको अस्पतालालाई मर्मत गरी तयार पारेको जंगी अड्डाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय