चितवनमा चिकित्सकसहित २० जनालाई कोरोना पुष्टि

भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका २० जनामा कोरोना संक्रमण देखिएको छ ।

आज आएको रिपोर्टमध्ये १ जना चिकित्सक समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिएका हुन्।

केही नर्स समेत रहेको बताईएको छ। उनिहरु केही दिनअघि देखि क्वारेन्टाईनमा बसेका थिए । अधिकांश भारतबाट आएर क्वारेन्टाईनमा बसेका छन् ।

आधिकारिक विवरण आउन बाँकि छ । स्रोतका अनुसार उनी भरतपुर नारायणी सामुदायीक अस्पतालमा कार्यरत चिकित्सक हुन् । “अन्य केही नमूनाको पनि परीक्षण जारी छ”, तिवारीले भने ।

अर्का एक चिकित्सकमा पनि कोरोना संक्रमण भएको तर हाल चितवनमा नरहेको भरतपुर अस्पताल स्रोतले जनाएको छ ।

पुष्टि भएकाहरु सबै माडी र भरतपुरको क्वारेन्टिनमा रहेको बुझिएको छ । भतपुर अस्पतालका अनुसार आज प्रयोगशालामा चितवनसहित धादिङ र नवलपुरबाट संकलन गरिएको नमूना परीक्षण गरिएको थियो ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय