अस्पतालबाट हटाइएपछि आत्मदाहको प्रयास

अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाएको आक्रोशमा आफ्नै शरीरमा आगो लगाएका छन्।

अस्पतालले हटाएका ३३ जना कर्मचारीमध्येका साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन्।

शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।

अछामका प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले आगो लगाएर गम्भीर घाइते भएका ती कर्मचारीलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको जानकारी दिए।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो। अस्पतालले जागिर हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको स्थानीयले बताएका छन्।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर केही कर्मचारी हटाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय