गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २६ गते ११:२७

स्याङ्‌जामा एक स्वास्थ्यकर्मीको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्लाको गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत लीलाबल्लब भण्डारी मृत अवस्थामा भेटिएका हुन्।

वडा प्रहरी कार्यालय वालिङ्‌का अनुसार आइतबार साँझ करिव पाँच बजेतिर घर नजिकैको बारीमा रहेको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले भण्डारीको शव पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा पठाइएको थियो। उनको पोष्टमार्टम सकिएपछि अहिले अन्त्यष्टि भइरहेको छ।

मृतक भण्डारी गल्याङ नगरपालिका-२ बटुवाका स्थानीय हुन्। घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिए।

आइतबार विहान करिव पाँच बजेतिर निस्किएका उनी घर नफर्किएपछि स्थानीयले खोजि गरेका थिए। खोजि गर्दा उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

४६ वर्षीय भण्डारी कोरोना भाइरस नियन्त्रणका लागि निरन्तर सेवामा रहेको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय