कोरोनाबाट विश्वभर १२७ नेपालीको मृत्यु, ५ हजार ५ सय ९० जना संक्रमणमुक्त

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विदेशमा नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य रूपमा कमी आएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा ६  नेपालीको कोरोनाबाट मृत्यु भएको छ। ५ हजार ५ सय ९० जना संक्रमणमुक्त भएका छन्। संक्रमणदर गत साताभन्दा ७५ प्रतिशतले कमी हो।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरी ६ जनाले कोरोना भाइरसका कारणले ज्यान गुमाएका छन्।

संघको पछिल्लो तथ्यांकअनुसार विभिन्न विदेशमा १ सय २७ गैरआवासीय नेपालीको कोरोनाका कारणले निधन भएको छ।

संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन्।

१३ देशमा रहेका नेपालीको ज्यान गएको छ। कोरोना भाइरसका कारण बेलायत, अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्यान्ड्स, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ।

संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

समितिका अनुसार नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेका छन्। १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले विदेशमै पिसिआर टेष्टको सम्भवना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकेटले नेपाल जान पाउने गरी बाटो खोल्नुपर्ने बताए।

नेपाल फिर्तीलाई व्यावहारिक बनाउन एनआरएनएको आग्रह

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरू गरेकामा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ।

सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताए।

सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलो पटक म्यान्मार २६ र युएईबाट १ सय ६८ जना नेपाली फर्काएको छ। विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ती प्रक्रियालाई व्यावहारिक बनाउन संघले नेपाल सरकारलाई आग्रह गर्ने भएको छ।

अध्यक्ष पन्तले नेपालीको फिर्तीका लागि भोगेका समस्यका बारेमा तत्काल परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गर्ने जानकारी दिए।

यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले विदेशमै पिसिआर टेष्टको सम्भवना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकेटले नेपाल जान पाउने गरी बाटो खोल्नुपर्ने बताए।

महासचिव डा. शर्माले विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिङ (क्याम्प) सेन्टरको आवश्यकता रहेको औँल्याए। डा. शर्माले विदेश रहेका नेपालीहरूलाई विमानस्थलसम्म पुर्‍याउनका लागि दूतावास र संघको सहकार्यमा होल्डिङ सेन्टर बनाउन सकिने बताए।

संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफै पैसा तिरेर जान नसक्ने नेपालीका लागि आवश्यक सहयोगको नेपाल सरकारलाई आग्रह गर्ने बताइएको छ।

संघले विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दूतावाससँग सहकार्य गर्न संघ र दूतावासबीच संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा राख्दै आएको छ। यसअघि संघले नेपालीहरुको फिर्तीका लागि सहयोग गर्न आफ्ना सबै शाखालाई निर्देशन दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय