प्रदेश ५ का सबै १२ जिल्लामा १ हजार ७७ संक्रमित


रोजगारीका लागि भारत गएका नागरिकहरू नेपाल फर्किने क्रम बढेसँगै प्रदेश ५ का सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ। सुरुआती चरणमा भारतसँग जोडिएका तराईका जिल्लामा कोरोना देखिएकोमा अहिले भने पहाडी र हिमाली जिल्लामासमेत कोरोना संक्रमित भेटिएका छन्। प्रदेश नम्बर ५ मा १२ वटा जिल्ला रहेका छन्।

आइतबार रोल्पा जिल्लामा पनि संक्रमित भेटिएसँगै प्रदेशका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। रोल्पाको सुनिल स्मृति ५ र ६ मा भारतबाट आएका तीनजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा‌. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।

प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा तीनजनामा संक्रमण भेटिएको छ। प्युठानमा संक्रमितको संख्या ५ पुगेको छ। प्रदेश ५ मा आइतबार साँझसम्म ३६ जना संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ९७ पुगेको छ।

डा. चौधरीले ९ सय ३० जनाको आइसोलेसनमा उपचार भइरहेको र १ सय २६ जना कोरोनामुक्त भएर घर फर्किएको जानकारी दिए। प्रदेशमा ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ।

प्रदेश ५ को बाँकेमा २ सय ७०, बर्दियामा ४२, कपिलवस्तुमा ५ सय ४७, रूपन्देहीमा १ सय १२, अर्घाखाँचीमा ५, पाल्पामा ८, गुल्मीमा ६, नवलपरासीमा २१, दाडमा ७६ संक्रमितको संख्या पुगेको छ।

अहिलेसम्म ३७ हजार २ सय ३६ जनाको आरडिटी गरेको छ। त्यसैगरी पिसिआरका लागि २१ हजार १ सय २८ स्वाब संकलन भएकोमा १५ हजार ५१ नेगेटिभ रिपोर्ट आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय