भारतमा २४ घण्टामा कोरोनाका कारण २६१ को मृत्यु, करिव १० हजार संक्रमित

कोरोना भाइरसका कारण भारतमा एक दिनमा २ सय ६१ जनाको मृत्यु भएको छ भने करिब १० हजार नयाँ संक्रमित थपिएका छन्।

भारतले कोरोना संक्रमितको संख्यामा इटालीलाई पछि पारेको छ। भाइरस संक्रमित संख्याको आधारमा भारत छौटौं स्थानमा उक्लिएको छ भने इटाली सातौं नम्बरमा रहेको छ।

बितेको २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ८३ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। यस्तै २ सय ६१ जनाले ज्यान गुमाएका छन्।

योसँगै भारतमा ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ७ पुगेको छ भने २ लाख ५७ हजार ४सय ८७ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख २३ हजार ८ सय ४८जना निको भएका छन्।

भारतमा भाइरसको संक्रमितबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा एकै दिन ३ हजार ७ जनामा संक्रमण रहेको पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ८५ हजार ९ सय ७५ जना पुगेको छ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ६ हजार १ सय ९५ जनाको मृत्यु भएको छ भने ७० लाख ९१ हजार ६ सय ५९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ३४ लाख ६१ हजार १ सय १८ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय