भारतमा मृत्यु भएका दाङका एकजनामा कोरोना पुष्टि

भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ।

घोराही उपमहानगरपालिका- १८ अम्वापुर निवासी करिव ४० वर्षीय व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो। ३ दिन पहिले भारतको डिल्लीमा मृत्यु भएका ती व्यक्तिको शव आइतबार दाङ ल्याइएको थियो।

ती व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको हुन सक्ने आशकामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो।

तीन दिन पहिले दिल्लीमा मृत्यु भएका उनको शवलाई अन्तिम संस्कारका लागि दाङ ल्याइएको भएपनि आशंका लागेर स्वाब परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन्।

मृतकको शव आइतबार विहान ६ बजेतिर घोराही ल्याइएपनि रिपोर्ट नआएकाले गाडीसहित कटुवा खोलामा पार्किङ गरेर राखिएको थियो। स्वाबको परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी थालेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

उनी मजदुरीको सिलसिलामा भारतमा पुगेको र प्रेसर तथा दमको विरामी भएको आफन्तले बताएका छन्। शव ल्याएर दाङ आएका एक जना आफन्तलाई क्वारेन्टाइनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय