प्रदेश २ को प्रयोगशालामा १० हजार स्वाब परीक्षण गर्न बाँकी

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघिसकेको छ। आइतबार ८३ जना थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार १४९ पुगेको छ।

कोरोना संक्रमितको संख्या बढिरहेको बेला कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउनुपर्नेमा पिसिआर परीक्षण भने थप सुस्त भएको छ। वीरगंज, जनकपुर र राजविराज गरी प्रदेशको तीन स्थानमा पिसिआर परीक्षण भइरहेपनि जाँचको दायरा भने बढ्न सकेको छैन्।

विभिन्न आठ जिल्ला गरी प्रदेश २ मा १० हजार ३९७ जनाको पिसिआर नतिजा आउन अझै बाँकी छ। २२ हजार ६६८ जनाको स्वाब संकलन भएकोमा यति संख्यामा नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाएअनुसार सप्तरीमा ४३५, सिरहामा ६१२, धनुषामा ६५२, महोत्तरीमा ८८९, सर्लाहीमा २ हजार १७२, रौतहटमा ४ हजार १५३, बारामा ८५२ र पर्सामा ६३२ जनाको पिसिआर नतिजा आउन बाँकी छ।

विभिन्न आठ जिल्ला गरी प्रदेश २ मा १० हजार ३९७ जनाको पिसिआर नतिजा आउन अझै बाँकी छ। २२ हजार ६६८ जनाको स्वाब संकलन भएकोमा यति संख्यामा नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशभित्र परीक्षणको दायरा बढ्न नसकेपछि कोरोना संक्रमणको जोखिमसमेत बढ्दै गएको छ। लामो समयसम्म क्वारेन्टाइनमा रहेकाहरूको स्वाब परीक्षणमा ढिलाइ भइरहँदा क्वारेन्टाइनभित्रै संक्रमणको सम्भावना बढेको छ। प्रदेश २ मा संक्रमण पुष्टि भएकाहरू अधिकांश क्वारेन्टाइनभित्रबाटै देखिएका छन्।

स्वाब संकलन र जाँचको दायरा बढ्न नसकेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे स्वीकार गर्छन्। संक्रमणको दायरा बढिरहेको तुलनामा नमूनमा संकलन र परीक्षणले तिव्रता पाउन नसकेको उनको भनाइ छ।

कोरोना संक्रमण र रोकथाम गर्न परीक्षणको दायरा बढाउन सरकारले नीति लिएपनि प्रयोगशालाको क्षमताका कारण गतिमा कमी आएको उनले बताए। ‘प्रदेशभित्र संक्रमितको संख्या बढ्दै छ, परीक्षणलाई तिव्रता दिनुपर्ने हो,’ आइतबार नियमित मिडिया ब्रिफिङमा उनले भने,‘प्रयोगशालाको क्षमताका कारण गतिमा कमी आएको छ, चाँडै परीक्षणको दायरा बढाउन हामी लागेका छौं।’

सप्तरीको राजविराजमा समेत आइतबारदेखि पिसिआर परीक्षण सुरु भइसकेकोले अब परीक्षणको दायरा बढ्ने उनको भनाइ छ।

नमूना जाँच गर्न राष्ट्रिय प्रयोगशला र प्रादेशिक प्रयोगशालाबीच बाझाबाझ

काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र जनकपुरस्थित प्रादेशिक प्रयोगशालाबीच बाझाबाझको अवस्था उत्पन्न भएको छ। प्रादेशिक प्रयोगशालाले परीक्षणको लागि पठाएको स्वाब राष्ट्रिय प्रयोगशालाले जाँच्न अस्वीकार गरेपछि बाझाबाझको अवस्था सिर्जना भएको हो।

प्रादेशिक प्रयोगशालाले जेठ २१ र २२ गते पठाएको स्वाबका नमूनाहरू राष्ट्रिय प्रयोगशालाले परीक्षण गर्न अस्वीकार गरेको थियो। प्रादेशिक प्रयोगशालाले पठाएको नमूनाहरू फारमअनुसार नपठाइएको भन्दै राष्ट्रिय प्रयोगशालाले परीक्षण गर्न नसकिने बताएको थियो।

स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशालाले जेठ २१ र २२ गते पठाएको नमूनाहरू व्यवस्थित नरहेको भन्दै दुईजना प्राविधिक पठाइ नमूना र फारम मिलान नगरेसम्म जाँच प्रक्रिया अघि बढाउन नसकिने भन्दै २३ जेठमा प्रादेशिक प्रयोगशालालाई पत्र पठाएको थियो।

राष्ट्रिय प्रयोगशालाका एकजना प्राविधिकले प्रादेशिक प्रयोगशालाबाट पठाइएका स्वाब नमूनाहरूको क्रम नमिलेकोले सच्याएर पठाउन भनिएको बताएका छन्।

राष्ट्रिय प्रयोगशालाले पठाएको पत्रको जबाफ दिँदै प्रादेशिक प्रयोशालाले ‘प्रयोगशालाको सीमित जनशक्तिबाट आरटी–पिसिआर मेसिनबाट स्वाब परीक्षणको काम सुरु भइसकेकोले प्राविधिकहरूलाई त्यहाँ पठाउँदा जाँचको काम प्रभावित हुने भएकोले जेठ २१ र २२ गते पठाइएका सम्पूर्ण नमूनाहरू फिर्ता पठाइदिन’ भनेको छ।

प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक राम विनय साहले राष्ट्रिय प्रयोशलालाई लेखेको पत्रमा ‘विभिन्न पालिका र अस्पतालहरूबाट संकलन गरिएका नमूनामा त्रुटी देखिएकोले सम्बन्धित प्राविधिकहरूका लागि राष्ट्रिय प्रयोशालाको प्राविधिकबाट अभिमूखीकरणको व्यवस्था गरिदन’ समेत भनिएको छ।

राष्ट्रिय प्रयोगशालाका एकजना प्राविधिकले प्रादेशिक प्रयोगशालाबाट पठाइएका स्वाब नमूनाहरूको क्रम नमिलेकोले सच्याएर पठाउन भनिएको बताएका छन्। परीक्षणको लागि पठाइएका नमूनाहरूको क्रम नमिलेको खण्डमा नतिजा फरक पर्नसक्ने भएकोले प्राविधिक पठाएर सच्याउन भनिएको उनले जानकारी दिए।

प्रादेशिक प्रयोगशालाले जेठ २१ र २२ गते गरी करिब २ हजार ५ सय नमूना संकलन गरी परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला पठाएको बताइएको छ। तर, पठाइएका नमूना र फारमको विवरण नमिलेपछि राष्ट्रिय प्रयोगशालाले परीक्षण गर्न मानेको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय