आन्दोलनरत चिकित्सक भन्छन् –अब देशव्यापी रुपमा अस्पतालको सेवा बन्द गर्छौ
नेपाल मेडिकल कलेजका आन्दोलनरत चिकित्सक भोली (सोमबार) सम्म पनि सरकारले दोषीलाई कारबाही नगरे वा आधिकारी रुपमा निर्णय नदिए देशव्यापी रुपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
घटना घटेको १२ दिन बितिसक्दा पनि सरकारले दोषी माथि कुनै कारबाही प्रक्रिया अगाडी नबढाएको भन्दै उनीहरुले सो चेतावनी दिएका हुन् । १४ जेठमा डियुटीमा रहेका चिकित्सकमाथि हातपात गर्ने तत्काल कारबाही हुनुपर्ने माग राख्दै आएका छन् ।
आइतबार चिकित्सकहरुले मौनधारण मार्फत हेल्मेट लगाएर विरोध जनाएका छन् । भोलिसम्म पनि सरकारबाट कुनै आधिकारी निर्णय नआए देशभरका चिकित्सकलाई आन्दोलनमा उत्रिनको आवाहन गर्ने हेल्थपोस्ट सँग कुरागर्दै आन्दोलनरत डा.गुञ्जन खड्का बताए ।
त्यसैगरी, देशभरका अस्पतालका ओपिडी सेवा बन्द गर्ने, र्याली निकाल्ने जस्ता आन्दोलनको स्वरुप हुने खड्काले जानकारी दिए ।
उनका अनुसार तर आधिकारिक रुपमा आन्दोलनको बारेमा ठोस निर्णय भएको छैन । उनीहरुले त्यसैगरी, जेल विथआउट बेल, वैज्ञानिक पारिश्रमिक, एथेस्ट पिजि सेट लगायत माग पनि उनीहरुले माग अघि सारेका छन् ।