कोरोनाका कारण ६ करोड मानिस गरिबी रेखामुनि जानसक्ने : विश्व बैंक

कोरोनाका कारण ६ करोड मानिस गरिबीको रेखामुनि जानसक्ने विश्व बैंकले आँकलन गरेको छ। बैंकका अध्यक्ष डेभिड मालपासाले कोरोना भाइरसका कारण विश्वका ६ करोड मानिस गरिबीको रेखामुनि जानसक्ने बताएका छन्।

मालपासाले कोरोना भाइरस महामारी विश्वका लागि खतरानाक भएको र यसले विनाश निम्त्याइरहेको भन्दै विश्वका ६ करोडभन्दा बढी मानिसले १ पाउन्डभन्दा कम रकमले दैनिकी चलाउनुपर्ने बताएका हुन्।

‘कोरोना भाइरसले अर्थव्यवस्थालाई ठूलो झट्का दिएको छ, कोरोनाले करोडौंको जीविकोपार्जनमा समस्या मात्रै ल्याएको छैन यसले लाखौंलाई घरबारविहीन बनाउनुका साथै स्वास्थ्यमा नकारात्मक परिणाम ल्याइरहेको छ,’ मालपासाले भनेका छन्।

कोरोनाका कारण लाखौंले दुःख पाएको भन्दै कोरोनाको जोखिममा परेका सर्वसाधारणलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन्।

अमेरिकाको सेयर बजार अन्य देशको तुलनामा उच्च भए पनि गरिब देशका लाखौं सर्वसाधारणले जागिर गुमाएका छन् उनीहरूलाई काम गरेर खाने वातावरणसमेत छैन्।

कोरोनाले निम्त्याएको विषम परिस्थितिको असर आगामी १० वर्षसम्म रहने मालपासाले बिबिसीसँग भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय