स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थापनमा जुट्यो स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस ( कोभिड १९) मा समलग्न भएका स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेसँगै स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मिको सुरक्षाको व्यवस्थापन मिलाउने भएको छ । सुरक्षा व्यवस्थापनको लागि मन्त्रालयको गुणस्तर तथा नियगमन महाशाखाको सयोजत्वमा एक टिम गठन भएको डा. विकास देवकाटाले जानकारी दिए ।

उनका अनुसार उक्त टिममा नेपाल मेडिकल काउन्सिल , नेपाल चिकित्सक संघ, सिसिएमसि साथै निजि अस्पतालका छाता संगठनको प्रतिनिधित्व हुने छ ।
स्वास्थ्यकर्मीको सुरक्षाको बारेमा नेपाल चिकित्सक संघले पटक–पटक स्वास्थ्य मन्त्रालयलाई ध्यानकर्षण गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय