अर्जुनधाराका दुई युवामा संक्रमण पुष्टि

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ जेठ २५ गते १७:१०

 

झापाको अर्जुनधारा नगरपालिका-९ का दुई युवामा आइतबार कोरोना पुष्टि भएको छ। शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो।

उनीहरू २३ र २७ वर्षका रहेको बताइएको छ। अर्जुनधारामा पहिलो पटक कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकाहरू पाँच दिन पहिले दिल्लीबाट पूर्वी नाका काँकरभिट्टा हुँदै आएका थिए।

दिल्लीबाट बाघडोग्रा एयरपोर्ट हुँदै मेची पुलसम्म आएका उनीहरूलाई अर्जुनधाराको एम्बुलेन्सले क्वारेन्टाइनमा ल्याएको थियो।

उनीहरूको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो। उनीहरूसँगै आएकी २१ वर्षीया किशोरीको रिपोर्ट भने नेगेटिभ आएको अर्जुनधारा नगरपालिकाले जनाएको छ।

क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

कोरोना पुष्टि भएपछि ति युवालाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी अर्जुनधाराको स्वास्थ्य शाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय