कोरोनाको बहानामा सेवा नदिने अस्पतालको मन्त्रालयले अनुगमन गर्ने

देशभरका अस्पतालले दिएको सेवाबारे स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको त्रासमा धेरै अस्पतालले दिनुपर्ने सेवा बन्द रहेको अवस्थालाई मध्यनगर गर्दै मन्त्रालयले अनुगमन गर्ने लागेको हो ।

अस्पतालको अनुगमन, नियगमन र सुरक्षा व्यवस्थापनको उदेश्य राखेर मन्त्रालयको गुणस्तर तथा नियगमन महाशाखाको सयोजत्वमा एक टिम गठन भएको डा. विकास देवकाटाले जानकारी दिए ।

उनका अनुसार उक्त टिममा नेपाल मेडिकल काउन्सिल , नेपाल चिकित्सक संघ, सिसिएमसि साथै निजि अस्पतालका छाता संगठनको प्रतिनिधित्व हुने छ ।
‘अस्पतालबाट के कस्ता सेवा उपलब्ध भएका छन्,किन सेवा सञ्चालन हुन सकेका छैइनन यस्ता विषयलाई मध्यनजर गर्दै अनुगमन गर्न टिम बनाएका छौ, डा. देवकोटाले भने,‘ टिम गठनले अनुगमन गरेपछि सबै सेवा सुचारु हुने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय