आइतबार १०२ संक्रमित डिस्चार्ज, अहिलेसम्म ४६७ ले जिते कोरोना

आइतबार १ सय २ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आइतबार मात्रै १ सय २ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिएका हुन्। योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ४ सय ६७ पुगेको छ।

डिस्चार्ज हुनेहरूमा प्रदेश नम्बर १ मा ९१ जना, २ मा १८६, ३ मा ३२, प्रदेश नम्बर ४ मा ३, प्रदेश नम्बर ५ मा १३३, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा १३ जना रहेका छन्। डिस्चार्ज हुनेमा १०० जना पुरुष र २ जना महिला छन्।

विपि कोइराला स्वास्त्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जना १०औं दिनमा, कलैया अस्पताल बाराबाट ३४ जना ९ र ११औं दिनमा, सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट १/९औं दिनमा, बुटवल धागो कारखानामा रहेको आइसोलेसन सेन्टरबाट २७ जना १३ र २७औं दिनमा, दाङमा रहेको बेलझुण्डी अस्पतालबाट १० जना १५ र २३ दिनमा, गौरमा रहेको नर्सिङ इन्स्च्यिुटबाट १८ जना २०औं दिनमा डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ महिला छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय