प्रदेश २ मा ८३ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ।

आइतबार सबैभन्दा बढी सर्लाहीमा ७४ जना कोरोनाको नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यसैगरी सिरहामा २, धनुषामा १, महोत्तरीमा ५ र रौतहको एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सिरहाको भगवानपुर क्वारेन्टाइनमा रहेका दुई, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुरुष र महोत्तरीको जलेश्वर र बर्दिवासस्थित क्वारेन्टिाइन गरी ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सर्लाहीको गोरैता नगरपालिकास्थित क्वारेन्टाइनका ६१ र विष्णुपुर गाउँपालिका क्वारेन्टाइनका १३ जनामा संक्रमण पुष्टि भएको बताइएको छ। रौतहटको गरुडा नगरपालिका–८ बस्ने एक पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय