डाक्टरको लेखप्रति एनएचआरसीको आपत्ति, जर्नल सम्पादकबाट राजीनामा

स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरसका पहिलो संक्रमितको जिन सिक्वेन्सिङसम्बन्धी विषयमा विज्ञलाई स्पष्टीकरण सोध्नु गलत हो भन्ने आसयको लेखप्रति आपत्ति जनाएपछि परिषद्को जर्नलका सम्पादकबाट एक चिकित्सकले राजीनामा दिएका छन् ।

हेल्थपोस्टनेपालमा प्रकाशित नेपाली र अंग्रेजी भाषाका लेखका सन्दर्भमा झन्डै तीन वर्षदेखि परिषद्को जर्नल जेएनएचआरसीको सम्पादकीय बोर्डको सदस्य रहेका डा. अर्बिन जोशीसँग परिषद् नेतृत्वले असन्तुष्टि जनाएपछि राजीनामा दिएको परिषद् स्रोतले जानकारी दियो।

नेपालमा कोरोनाका पहिलो संक्रमितको नमूनाको जिन सिक्वेन्सिङ गर्दा परिषद्सँग अनुमति नलिएको भन्दै विज्ञ चिकित्सकसँग स्पष्टीकरण सोधिएको थियो । उनले सो स्पष्टीकरणप्रति असहमति जनाउँदै आएका थिए।

सो विषयमा केन्द्रीत भएर डा. जोशीका दुई लेख हेल्थपोस्ट नेपालमा अंग्रेजी भाषामा Bio-ethics during pandemic: Necessity or ill-timed muscle-flexing? र नेपाली भाषामा विश्व महामारीमा जैविक नैतिकता : आवश्यकता वा गलत समयको बलमिच्याइँ?

प्रकाशित भएको थियो ।

परिषद् नेतृत्वले जेएनएचआसीका प्रधानसम्पादक डा. गणेश दंगालमार्फत् ‘किन त्यस्तो लेखेको भन्दै प्रश्न’ उठाएको थियो । सो क्रममा डा. जोशीले परिषद्को कदमप्रति मतभिन्नता रहेको भन्दै नेतृत्वको सहजताका लागि आफू जिम्मेवारीबाट अलग हुने भन्दै राजीनामा दिएका थिए।

उनले राजीनामामा समेत आफ्नो फरक मत स्पष्ट खुलाएका छन्।

डा. जोशीले आफूले कसैको दवावमा आएर राजीनामा दिएको नभई स्वेच्छिक रूपमै छाडेको बताए । ‘मलाई स्पष्टीकरण सोधेको, वा निकालेको होइन्,’ उनले भने, ‘मेरो लेख वा पोजिसनप्रति उहाँहरुको असन्तुष्टि बुझेरै छोडेको हुँ।’

उनले लेखेकोमा ‘सरी’ भनेर बस्न नखोजेको भन्दै यसमा दुःख वा ग्लानि नभएकाे बताए। परिषद्ले नेपालमा भेटिएको पहिलो कोरोना संक्रमितको ‘जेनेटिक सिक्वेन्सिङ’ र त्यसको आधारमा अमेरिकी जर्नलमा अनुसन्धान पेपर प्रकाशित भएसँगै एनएचआरसी ६ जना चिकित्सकसँग जेठ पहिलो साता स्पष्टीकरण सोधेको थियो ।

यो विषयमा हेल्थपोस्ट नेपालले ‘कोरोना फ्रन्टलाइनरसँग एकैपटक स्पष्टीकरण : विज्ञका ‘त्रुटि’ मा सरकारको ‘नियत’ प्रकाशित गरेको थियो।

कोरोना महामारीविरुद्धको लडाइँमा विभिन्न प्रमुख संस्थाको नेतृत्व हाँकिरहेका विज्ञ, चिकित्सकलाई सरकारमातहतको स्वास्थ्य अनुसन्धान परिषदले एकैपटक स्पष्टीकरण सोधेको भन्दै आलोचना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय