नेपालमा ३ हजार ४४८ कोरोना संक्रमित, आइतबार २१३ थपिए

नेपालमा विभिन्न जिल्लामा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा.विकास देवकोटाले थप २१३ जनामा कोरोना संक्रमण देखिएको बताए ।

आइतबार थपिएका मध्ये २०९ पुरुष र ४ महिला रहेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो। यो सँगै कोरोना संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३१२ पुरुष र २ सय ३६ महिलामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ४६७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा १ सय २ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका मध्ये ३९९ पुरुष र ६८ जना महिला रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय