स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा. विकास देवकोटालाई हटाइएको छ। डा. जागेश्वर गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको सहसचिव रघुराम विष्टले जानकारी दिए।

डा. देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। गत बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा. गौतमलाई मन्त्रालय सरुवा गरेका थिए।

देवकाेटाले काेराेनाका कारण देश लकडाउनमा रहेसँगै  स्वास्थ्य मन्त्रालयकाे दैनिक पत्रकार सम्मेलनकाे नेतृत्व गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय