कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आइतबार ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै कणार्लीमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ संक्रमित सल्यान सुर्खेत, दैलेख र कालिकोटका रहेका छन्। आइतबार थपिएका संक्रमितमा सुर्खेतका २८, सुर्खेतका २०, देलेखका ३ र कालिकोटका ३ जना रहेका छन्।

सल्यानमा पोजेटिभ देखिएका बनगाड नगरपालिका कुपिन्डे १ का ७ जना पुरुष, वडा नम्बर ३ का २ जना,४ का ३ जना, ५ का २ जना, ६ का २ जना, ७ का ५ जना, बेलखोला १ का ३, कुमाख गाउँपालिका ३ का २ जना र बनगाडे कुपिन्डेका १ जना रहेका छन।

त्यस्तै, सुर्खेतका बराहताल गाउँपालिका १ का १ जना, २ का १, भेरिगंगा नगरपालिका ९ का २, विरेन्द्रनगर नगरपालिका २ का २,चौकुने गाउँपालिका ७ का १,चौकुने ८ का १, लोकबेसि नगरपालिका १ का १, ३ का १ ४ का ३ ९ का १,पञ्चपुरी नगरपालिका ३ का ४ र ९ का २ जनामा संक्रमण रहेको पुष्टि भको छ।

दैलेखका भौरवी गाउँपालिका ३ का १ जना ५ का १ जना र चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ का १ जना र कालिकोटका खाडाचक्र नगरपालिका ९ का १ जना १० का १ जना र महावै गाउँपालिका ३ का १ जनामा संक्रमण रहेको छ।

संक्रमित १६ वर्षदेखि ६० वर्षसम्मका रहेका छन्। जसमा ५२ जना पुरुष रहेका छन् भने २ जना महिला रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय