सरकारले ५ लाखभन्दा कम मूल्यको, अपूर्ण र गुणस्तर अप्रमाणित स्वास्थ्य सहायता सामग्री नलिने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २५ गते १५:२९

सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न दातृ निकाय, व्याक्ति वा संस्थाबाट सहायता लिँदा ५ लाखभन्दा कम मूल्यको सहयोग नलिने भएको छ।

सरकारले कोभिड-१९ नियन्त्रणका लागि प्राप्त हुने सहयोग सामग्री गुणस्तर तथा नापतौल विभाग र औषधी व्यवस्था विभागबाट गुणस्तर प्रमाणीकरण भएको  हुनुपर्नेछ।

सरकारको आवश्यकताभन्दा दातासँगका उपलब्धता र चाहनाअनुसार सामग्री दिने, कम मूल्यका सामग्री पनि सरकारलाई हस्तान्तरण गरेर चर्चा लिने प्रवृत्ति बढिरहेको सन्दर्भमा सरकारले नयाँ निर्देशिका जारी गरेर सहायता लिने सामान, गुणस्तर, मूल्यलगायतको सर्त यकिन गरेको हो।

सरकारले व्यक्तिगत सुरक्षा वा प्रयोगशाला परीक्षण सामग्री दिँदा पनि आवश्यक सम्पूर्ण सामग्रीकाे पूर्ण प्याकेज नै हुनुपर्ने र कम्तीमा वारेन्टी अवधिको मर्मतसम्भारको जिम्मा पनि सम्बन्धित कम्पनीले नै लिनुपर्ने सरकारले जनाएको छ।

कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि दातृ निकायबाट सहायता सामग्री प्रदान गर्दा गुणस्तर र परिमाणका सन्दर्भमा सरकारले मापदण्डमार्फत् व्यवस्थित गरेको हो।

मन्त्रालयले शुक्रबार विभिन्न दातृ/सहयोगी निकायहरुले प्रदान गर्ने सहायता सामग्रीसम्बन्धी न्यूनतम मापदण्ड २०७७ जारी गरेको छ।

मन्त्रालयले शुक्रबार विभिन्न दातृ/सहयोगी निकायहरुले प्रदान गर्ने सहायता सामग्रीसम्बन्धी न्यूनतम मापदण्ड २०७७ जारी गरेको छ।

मन्त्रालयले जारी गरको मापदण्डअनुसार सहायता सामग्रीको न्यूनतम मूल्य ५ लाख बराबारको हुनुपर्ने लगायतका सर्तहरू समेटिएका छन्।

गुणस्तर नेपालका नियमक निकायले प्रमाणित गर्न नसक्ने अवस्थामा उत्पादन देशका नियमक निकायबाट प्रमाणीकरण भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ।

सहायता सामग्रीको पूर्णता सन्दर्भमा पनि जे प्रयोगजनका लागि हो, सोअनुसारको सेट नै हुनुपर्ने उल्लेख छ।

नयाँ निर्देशिकाअनुसार सहायता सामग्री कहाँ उपलब्ध गराउँने भन्ने पनि दातृ निकायको इच्छाभन्दा सरकारको आवश्यकता र प्रथामिकतामा भर पर्ने उल्लेख छ । सरकारी तोकिएका अन्य सर्तहरू पूरा गरेपछि मात्रै ती सामग्रीको भन्सार छुट दिनेसमेत निर्देशिकामा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय