डिप्रोक्स लघुवित्तको चाँदनी हाटबजार शाखाद्वारा खाद्यान्न सहयोग

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय महाकाली नगरपालिका-४ चाँदनी हाटबजार कञ्चनपुरले क्वारेन्टाइनमा रहेकालाई सहयोग गर्ने गरी २० हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ।

शाखा प्रवन्धक मच्छिन्द्र लामिछानेका अनुसार जिरा मसिनो चामल ८ बोरा, ३२ केजी दाल, १६ लिटर तेल, १६ केजी नुन गरी महाकालीका वडाध्यक्ष भक्त बहादुर सुनारमार्फत प्रदान गरिएको हो।

कोरोनाका कारण भारतबाट आएका मानिस क्वारेन्टाइनमा समस्यामा परेको भन्दै उनीहरूलाई थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको शाखा प्रवन्धक लामिच्छानेले बताए। डिप्रोक्सले आफ्ना विभिन्न शाखामार्फत सुदूरपश्चिममा सहयोग गरिरहेको छ। यसअघि दुर्गोली र सत्तिसाखाबाट सहयोग प्रदान गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय