विश्व स्वास्थ्य संगठनबाट अलग हुने ब्राजिलको धम्की

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई संगठनबाट अलग हुने धम्कि दिएका छन्।

ब्राजिलमा कोरोना भाइरसको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकार कोरोनाको रोकथाम तथा नियन्त्रणमा असफल भएको भन्दै विरोध भइरहेको छ। लकडाउनले परिस्थिति झन कठिन भएको बताउँदै राष्ट्रपतिले लकडाउन खोल्न नपाए डब्लुएचओको सदस्यता नै छाड्ने धम्की दिएका हुन्।

डब्लुएचओले कोरोना भाइरस महामारिको नियन्त्रण तथा रोकथामका लागि भन्दै लकडाउन आवश्यक रहेको बताउँदै आएको छ। डब्लुएचओको सदस्य राष्ट्र भएसम्म उसको नियम कानुन पालना गर्नुपर्ने र आफ्नो ढंगले अगाडि बढ्न नसकिने हुँदा उनले ब्राजिल विश्व स्वास्थ्य संगठनबाट बाहिरिने बताएका हुन्।

राष्ट्रपति बोल्सोनारोले लकडाउनले कोरोना भाइरस संक्रमणको जोखिम कम नभएको र लकडाउनले झन समस्या उत्पन्न भई आर्थिक संकटसमेत चुलिएको बताएका छन्।

ब्राजिल यतिबेला कोरोनाको प्रभावित राष्ट्रको सूचीमा दोस्रो नम्बरमा छ। शनिबार रोयटर्सले कोरोनाका कारण ब्राजिलमा मिनेट मिनेटमा सर्वसाधारणको मृत्यु भइरहेको जनाएको थियो।

राष्ट्रपतिले सामान्य भाइरसबाट ब्राजिलले प्रतिमिनेट संक्रमित पाइरहेको र ज्यान गइरहेको बताएका छन्।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म साढे ६ लाख बढी भाइरसकाट संक्रमित भएका छन् भने बिहीबार एकैदिन १ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ।  शुक्रबार १ हजार ५ जनाको कोरोनाको कारण ज्यान गएको छ।

बोल्सोनारोले कोरोना भाइरस सामान्य रोग भएको बताउँदै आएका छन्। भाइरस नियन्त्रण तथा रोकथाम गर्न नसकेको आलोचना भइरहदा ब्राजिलले भाइरसबाट संक्रमित तथा मृतकको दैनिक तथ्यांक मात्रै राख्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय