पाकिस्तानमा सोमबारदेखि लकडाउन खुकुलो हुने

कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकै समयमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउन खुकुलो बनाउने घोषणा गरेका छन्।

लकडाउनका कारण गरिब, विपन्न र श्रमिकलाई दैनिक गुजरा गर्न समस्या भएको भन्दै उनीहरूको सहज दैनिकी तथा जीवन रक्षाका लागिभन्दै सोमबारदेखि लकडाउन खुकुलो बनाइने प्रधानमन्त्री खानले बताए।

‘कोरोना भाइरसको प्रभाव नियन्त्रणमा नआइसकेको अवस्थामा पनि लकडाउन खुकुलो गर्ने निर्णयमा पुगेका छौं। लामो समयसम्म लकडाउन जारी राख्दा गरिब, विपन्न, श्रमिकवर्ग तथा मध्यमवर्गीय परिवारको अवस्था नाजुक बन्नुका साथै देशको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्छ’ प्रधानमन्त्री खानले भनेका छन्।

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ६९ जनाको मृत्यु भएको छ भने १ लाख ३ हजार ९ सय ३ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ३३ हजार ४ सय ६५ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय