बेलझुण्डीका १० संक्रमितले जिते कोरोना

दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालबाट १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण देखिएपछि कोरोना विशेष अस्पतालमा भर्ना भएका उनीहरू आइतबार कोरोना रोगलाई जितेर घरफर्किएका हुन्।

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट घर फर्किनेहरूमा दाङका दुई जना, बाँकेका ५ जना, कपिलबस्तुका दुई जना र बर्दियाका एक जना रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए। घर फर्किनेमा दाङको घोराही उपमहानगरपालिका एक जना र देउखुरीको गढवा गाउँपालिका निवासी एक जना रहेका छन्।

कोरोना संक्रमितहरूको तेश्रो पटकसम्म परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको व्यवस्थापक वलीले जानकारी दिएका छन्। उनीहरू कोरोना विशेष अस्पतालमा २२ देखि २३ दिनसम्म बसेका थिए। अब कोरोना विशेष अस्पताल बेलुझण्डीमा ४० जना कोरोना संक्रमितहरू उपचाररत छन्।

यस अघि जेठको १६ गते उक्त अस्पतालबाट थप आठ जना विरामी उपचारपछि निको भएर घर फर्किएका थिए। उनीहरू मध्य कपिलबस्तुका ४ जना, बाँकेका तीन जना र दाङका एक जना रहेका थिए। आइतबार डिसचार्ज भएका थप १० जनासँगै कोरोना विशेष अस्पताल बेलझुण्डीबाट अहिलेसम्म १८ जना संक्रमित उपचारपछि निकोभएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय