क्वारेन्टाइनमा रहेका सबैको आरडिटी परीक्षण गर्न सरकारको निर्देशन

कोरोना भाइसको आशंकामा क्वारेन्टाइनमा रहेका सबैको आरडिटी परीक्षण गर्नको लागि कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्रले निर्देशन दिएको छ।
१४ दिन क्वारेन्टाइन समय व्यतीत गरेका लागि आरडिटी अनिवार्य गर्न यस्तो निर्देशन दिएको हो।

शनिबार मन्त्रालयले दिएको तथ्यांक अनुसार देशभरका क्वारेन्टाइनमा १ लाख ६८ हजार ३१ रहेका छन्। भारतसँग जोडिएका जिल्लाहरुमा दैनिक २ हजारभन्दा बढी क्वारेन्टाइनमा नबसी घरमा जाने गरेको मन्त्रालयले जनाएको छ।

आरडिटीको विषयमा सबैतिर विरोध भइरहँदा पनि सरकारले उक्त निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय