कोरोना जितेका नर्स दम्पतीलाई छिमेकीको स्वागत

 

 

बाँकेमा कोरोना भाइरसको संक्रमणबाट निको भएर शनिबार फ्रन्टलाइटर संक्रमितहरू डिस्चार्ज भएका छन्। कोरोना जित्नेमा पत्रकार, नर्स र प्रहरी छन्।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा रहेका नेपालगन्जका २ र नरैनापुर गाउँपालिका–२ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

नरैनापुरको कालाफाँटा प्रहरी चौकीमा कार्यरत गुल्मीका प्रहरी पनि कोरानामुक्त भएका छन्। नरैनापुरकै अर्की एक महिला पनि कोरोना संक्रमण जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराए।

शनिबार कोरोना संक्रमणलाई जितेर फर्किएकामध्ये नेपालगन्ज उपमहानगरपालिका–२ का नर्स र पत्रकार जोडी समेत घर फर्किएका छन्। उनीहरू दम्पती हुन् ।

उनीहरू सबै १५ देखि १७ औं दिनको अवधिमा डिस्चार्ज भएका हुन्। बाँकेमा हालसम्म ४५ जना निको भएर डिस्चार्ज भएका छन्। कुल संक्रमित संख्या २ सय ६७ पुग्दा एकजनाको भने मृत्यु भइसकेको छ।

शनिबार कोरोना संक्रमणलाई जितेर फर्किएकामध्ये नेपालगन्ज उपमहानगरपालिका–२ का नर्स र पत्रकार जोडी समेत घर फर्किएका छन्। उनीहरू दम्पती हुन् ।

नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी र उनका श्रीमान पत्रकार मेघराज ओली झन्डै दुई सातापछि कोरोना जितेर घर फर्किएका छन्। अस्पतालमा स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति, नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरलगायतका पदाधिकारी अस्पताल पुगेका थिए।

उच्च मनोबल र स्वास्थ्य आचरणमा ध्यान दिएका कारण कोरोनाबाट मुक्ति पाएको उनीहरूको प्रतिक्रिया थियो। यस अवधिमा सहानुभूति प्रकट गर्नेप्रति दुवैले धन्यवाद दिए ।

अरु दिनजस्तै नर्स केसी खजुरा गाउँपालिकाबाट काम गरेर घर फर्किएकी थिइन्। उनी खजुरा गाउँपालिकाकी स्वास्थ्य शाखा उपप्रमुख हुन्। संक्रमण भएको थाहा हुँदासम्म कोरोनाविरुद्ध गाउँपालिकाले चलाएका हरेक अभियानमा फिल्डमा खटिएर उनले सक्रियतापूर्वक काम गरेकी थिइन्।

कोरोनाविरुद्धको अभियानसँगै सामाजिक मनोचिकित्सासँग सम्बन्धित जनचेतना फैलाउन आवश्यक भएको उनीहरूको भनाइ छ। समाजमा संक्रमितलाई हेर्ने दृष्टिकोण समेत फरक पाइएकाले त्यो फेर्नुपर्ने पत्रकार ओलीको बुझाइ छ। उनले कोरोना संक्रमणसँग लडिरहेको अवस्थामै अस्पतालको बेडबाट समेत विभिन्न सचेतनामूलक सन्देशमार्फत नागरिकलाई सचेत गराइरहेका थिए।

खजुराको उढरापुरमा एकजना संक्रमण देखिएपछि उनीसहित अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो। त्यसमा अरुको नेगेटिभ आए पनि केसीको पोजिटिभ आएको थियो। लगत्तै परिवारका सदस्यको पनि परीक्षण गरिएको हो।

त्यसमा छोराछोरीको नेगेटिभ र श्रीमानको पोजिटिभ देखियो। श्रीमान नेपालगन्जका अग्रज पत्रकार हुन्। उनले दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका छन्। संक्रमण देखिनेबित्तिकै दुवैलाई खजुरास्थित कोरोना विशेष अस्पतालमा आइसोलेट गरिएको थियो।

कोरोनाविरुद्धको अभियानसँगै सामाजिक मनोचिकित्सासँग सम्बन्धित जनचेतना फैलाउन आवश्यक भएको उनीहरूको भनाइ छ। समाजमा संक्रमितलाई हेर्ने दृष्टिकोण समेत फरक पाइएकाले त्यो फेर्नुपर्ने पत्रकार ओलीको बुझाइ छ। उनले कोरोना संक्रमणसँग लडिरहेको अवस्थामै अस्पतालको बेडबाट समेत विभिन्न सचेतनामूलक सन्देशमार्फत नागरिकलाई सचेत गराइरहेका थिए।

शनिबार बिहान दोस्रो रिपोर्ट नेगेटिभ आउनेबित्तिकै अस्पतालकै बेडबाट पत्रकार ओलीले सबैलाई हौसला बढाउँदै उच्च मनोबलले कोरोना जित्न सकिने बताए।

‘कोरोना पोजेटिभपछि हस्पिटलको आइसोलेसन कक्षमा लामो समयदेखि बस्दा जतिसुकै पीडा भए पनि आज दोस्रो रिपोर्ट हामी दुवै जनाको नेगेटिभ आयो’ भनेर फेसबुकमा पोस्ट गरेका थिए। उनले पोस्टमा लेखेका छन्, ‘कोभिड–१९ लाई परास्तसँगै आज नै डिस्चार्ज हुने जानकारी पाउँदा हामी अत्यन्तै हर्षित भएका छौं। देश र दुनियाँका हरेक मानवलाई आतंकित पारिरहेको कोरोनालाई वीर नेपालीका सन्तानको उच्च मनोबलले पराजित गरेरै छाड्छ।’

‘त्यसैले मानिसमा छाएको मनोवैज्ञानिक आतंक चिर्ने अभियानमा जुटौं, कोभिड–१९ लाई हामी वीरका सन्तानले जित्छौं जित्छौं। यो दुनियाँलाई आतंकित बनाइरहेको कोभिडको संक्रमणमा परेपछि हाम्रो स्वास्थ्य अवस्थालाई मध्यनजर गरी हामीलाई सम्झनुहुने अनि शुभेच्छा प्रकट गर्नुहुने घरपरिवार, आफन्तजन, आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सबै शुभेच्छुकजनप्रति धेरैभन्दा धेरै आभार र कृतज्ञता प्रकट गर्दछौं’ भनेर लेखेका थिए।

पत्रकार र नर्स दम्पती अस्पतालबाट डिस्चार्ज भएर घर आँउदा छिमेकीले समेत भव्य स्वागत गरेका छन् भने सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ। अन्य ठाउँमा कोरोना संक्रमितमाथि भेद्‌भाव भइरहेको समयमा उनीहरूलाई गरिएको स्वागतले समाजमा सकरात्मक सन्देश प्रभाव गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय