घाँटीको समस्यामा हेलचेक्य्राइँ गर्नुहुन्न

डा. ढुन्डिराज पौडेल
प्रकाशित
२०७७ जेठ २५ गते १२:१९

सवाल – मेरो घाँटीमा खाना निल्ने ठाउँमा छाला गएको छ। कहिले पोल्छ। थ्रोटको साइडमा कहिलेकाहीं दुख्छ। केही दिन पहिले मेडिकलमा गएर एलर्जी हाेला भनेर औषधी ल्याएँ। तर, त्यसले निको भएन। दिनमा तीन/चार पटक सुख्खा खोकी पनि लागिरहन्छ। के भएको होला? – एलिजा

जवाफ – घाँटी मानव स्वास्थ्यको सम्वेदनशील अंग हो। सामान्य उपचारले राम्रो भएन र समस्या बल्झिँदै गयो भने सम्बन्धित चिकित्सकसँग भेटेर परामर्श लिनुपर्छ। चिकित्सकको परामर्शमा इन्डोस्कोपी गर्न परे त्यो पनि गर्नपर्छ। त्यत्तिकै औषधीसेवन गर्नु राम्रो होइन। म उहाँलाई बेलैमा अस्पताल गएर उपचार गर्न सुझाव दिन्छु। अहिले अनुमानको भरमा यही हो नै भन्न सकिन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय