झापाका संक्रमित र सीमावर्ती पालिकालाई मेची अभियानले दियो स्वास्थ्य सामग्री

जनस्तरबाट सञ्चालित मेची अभियानले झापामा कोरोना संक्रमण देखिएका तथा सीमावर्ती पालिकालाई लाखौं मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

अभियानका संयोजक विजय डालमियाका अनुसार छ वटा पालिकाका प्रमुख तथा उपप्रमुखलाई ति सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामनमा भिटिएम ( भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा कवच (पिपिई), सेनिटाइजर, मास्क छन्।

संयोजक डालमियाले दिएको जानकारी अनुसार पहिलो चरण अन्तरगत बुद्धशान्ति गाउँपालिकालाई एक सय थान भिटिएम, पाँच थान पिपीई, एकसय थान एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ।

भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०/ ५० थान, पाँच/पाँच थान पिपिई, एकसय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ। सोमबार मेचीनगर र गौरादह नगरपालिकालाई सोही बराबरको सामान उपलब्ध गराइने मेची अभियानले जनाएको छ।

दोस्रो चरणमा आवश्यकता हेरेर १५ वटै गाउँपालिकालाई सो सामान उपलब्ध गराइने र थप आवश्यकता परे थप सामान खरिद गरेर उपलब्ध गराउन तयार रहेको अभियानका सदस्य तथा कांग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताए।

सामान हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, कचनकवल अध्यक्ष अन्जार आलम, बाह्रदशी खड्गप्रसाद राजवंशी, झापा जयनारायण साह र गौरीगञ्ज अध्यक्ष बाबुराजा श्रेष्ठले अभियानले अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर कोरोनासँग जुध्न सहयोग गरेको बताए।

उनीहरूले झापामा अभियानले गरेको सहयोग अनुकअरणीय र सापेक्ष भएको बताए। यसैबीच अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अभियानले खरिद गरेको थप पाँच सय थान भिटिएम काठमाडौं आइपुगेको जानकारी दिए।

अभियान स्वास्थ्य सामग्रीसहित पाँच सय थान भिटिएम ल्याएर वितरण गरेको हो। काठमाडौं आएको भिटिएम पनि झापा आइपुग्ना साथ वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय