भारतमा २४ घण्टामा कोरोनाका कारण २९७ को मृत्यु, १० हजार संक्रमित

कोरोना भाइरसका कारण भारतमा एक दिनमा ३ सय जनाको मृत्यु भएको छ भने करिब १० हजार नयाँ संक्रमित थपिएका छन्।

भारतले कोरोना संक्रमितको संख्यामा इटालीलाईपछि पारेको छ। भाइरस संक्रमित संख्याको आधारमा भारत छौटौं स्थानमा उक्लिएको छ भने इटाली सातौं नम्बरमा रहेको छ।

बितेको २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ६६ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने २ सय ९७ ज्यान गुमाएका छन्। योसँगै भारतमा ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ भने २ लाख ६६ हजार ६ सय २२ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख १८ हजार ६ सय ९५ जना निको भएका छन्।

भारतमा भाइरसको संक्रमितबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा ८२ हजार ६ सय ६८ जनामा संक्रमण रहेको पुष्टि भएको छ भने २ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख २ हजार २ सय ३७ जनाको मृत्यु भएको छ भने ६९ लाख ८१ हजार ११ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ३४ लाख १३ हजार २ सय ७० जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय