डोटीमा क्वारेन्टाइनमा एक जनाको मृत्यु

डोटीमा क्वारेन्टाइनभित्र बस्दै आएका एक जनाको मृत्यु भएको छ।

जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ मा रहेको सिताराम आधारभूत बिद्यालय दल्लमा रहेको क्वारेन्टाइनभित्र बस्दै आएको १९ वर्षिय युवकको गए राति ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

के आई सिंह गाउँपालिका-३ का स्थानीय समेत रहेका उनी १९ गते भारतको लुधियनाबाट डोटी आइपुगेका थिए। उनी एक दिन राजपुरमा रहेको शहिद स्मृती आवासीय माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बस्दै २० गतेदेखि मात्र सितारामको क्वारेन्टाइनमा बस्दै आएका थिए।

सोही क्वारेन्टाइनमा उनीसँगै अन्य ६ जना पुरुष र ३ जना महिला पनिसँगै बस्दै आएको प्रहरीले जनाएको छ। मृतका बुवा पनि हिजो मात्र आफ्ना छोरालाई भेट्न गएका थिए। उनलाई पनि क्वारेन्टाइनमै राखिएको छ।

मृतको स्वाब संकलनको लागि जिल्ला बाट क्वारेन्टाइन स्थलतर्फ टोली गइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। उनले स्वाब संकलन गरेर धनगढी पठाइने जानकारी दिए।

रिपोटको आधारमा मात्र दाहासंस्कारको कार्य अघाडी बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय