प्रहरी अस्पतालका एक स्वास्थ्यकर्मी र २ बिरामीमा कोरोना, अस्पताल सिल, केएमसी खुल्यो

बिरामी एवं स्वास्थ्य जनशक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालकै सेवा नै बन्द गर्ने क्रम जारी छ । शनिबार प्रयोगशालाको नमूना बोक्ने एक प्राविधिक प्रहरी र दुई बिरामीमा कोरोना पोजेटिभ देखिएपछि नेपाल प्रहरी अस्पतालसमेत सिल भएको छ ।

आज काठमाडौं उपत्यकामा थपिएका ५ संक्रमितमध्ये ती जनाको स्रोत प्रहरी अस्पताल देखिएसँगै अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार अस्पतालका कन्ट्रयाक ट्रेसिङसमेत प्रहरी संयन्त्रबाट भइरहेको छ ।

महाशाखाका अनुसार अन्य दुई पनि अस्पतालकै बिरामी हुन् । जसमध्ये एक जना उपचाररत बिरामी र अर्का डिस्चार्ज भएका बिरामी हुन् । संक्रमितमध्ये डाइलासिस गरिरहेका बिरामीलाई त्रिवि शिक्षण अस्पताल र अन्य कोभिड अस्पताल सारिएको छ ।

अन्य अस्पतालमा उपचाररत बिरामीको पनि स्वाब संकलनगरी अस्पतालका झण्डै ३० भन्दा बढी चिकित्सक स्वास्थ्यकर्मीपनि क्वारेन्टाइनमा गएका छन् ।

विभिन्न विभागहरु निसंक्रामक गरेपछि छिट्टै सेवा सूचारु गरिने अस्पतालले जनाएको छ ।

सेतीमा पनि सील
त्यसैगरी शनिबार शुक्रबार डाइलासिस गरेकी एक महिलाको मृत्युपछि सेती अञ्चल अस्पतालको वार्डसमेत सिल गरिएको छ । अ

स्पतालमा उपचारका क्रममा मृत्यु भएकी ५५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अस्पतालको विशेषगरी डाइलासिस वार्ड सिल गरिएको अस्पतालले जनाएको छ ।

ती महिलाको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। उनको पिसिआर परीक्षणका क्रममा शनिबार कोरोना पोजिटिभ देखिएको छ।

केएमसीमा सेवा सुचारु

यसैबीच केही दिनअघिदेखि सबै सेवा ठप्प भएको काठमाडौं सिनामंगलस्थित मेडिकल कलेज शिक्षण अस्पतालको सेवा भने शुक्रबारदेखि सुरु भएको छ ।

अस्पतालमा २ जना सेवाग्राही र २ चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि निर्मलीकरणका लागि भन्दै जेठ २२ गतेसम्म सेवा स्थगित गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले सबै काम पूरा गरेर शुक्रबार साँझदेखि आकस्मिकगायतका सेवाहरु सुचारु गरेको जनाएको छ ।

अस्पतालले युरो सर्जरी, जनरल सर्जरी, सामान्इ चिकित्सा, न्युरो सर्जरी, कार्डियोलोजी, डाइलासिस, रेडियोलोजी, मनोरोग, नाक, कान, घाँटी धर्मरोग र प्याथोलोजीलगायतका सेवा सुरु भएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीद्धारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय