धनुषाका दुई स्वास्थ्यकर्मी र एक प्रहरीमा संक्रमण पुष्टि

हेल्थपोस्ट/जनकपुर
प्रकाशित
२०७७ जेठ २४ गते १७:०४

धनुषामा दुई स्वास्थ्यकर्मीसहित एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार धनुषामा संक्रमण पुष्टि भएका ८ जनामध्ये दुईजना स्वास्थ्यकर्मी र एकजना नेपाल प्रहरीका हवल्दार हुन्।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठास्थित क्वारेन्टाइनमा खटिएका दुईजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो। यसैगरी क्वारेन्टाइन अनुगमनका लागि आउजाउ गर्ने नेपाल प्रहरीको एकजना हवल्दारमा समेत संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका अन्य पाँचजना भने भारतबाट आएर क्वारेन्टाइनमा बस्ने मानिस रहेको बताइएको छ। संक्रमण पुष्टि भएका दुबै स्वास्थ्यकर्मीहरू पछिल्लो ४/५ दिनदेखि क्वारेन्टाइनमा खटिएका थिए।

यसअघिपनि भारतबाट आएर देवपुरा रुपैठा क्वारेन्टाइनमा बसेकाहरूमा संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य सुरक्षाका उपकरण, स्यानिटाइजर, मास्कलगायतका सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध नहुँदा क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीहरू जोखिममा रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय