नेपालमा ३ हजार २३५ मा कोरोना संक्रमण, १३ जनाको मृत्यु

नेपालमा विभिन्न जिल्लामा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा.विकास देवकोटाले थप ३२३ जनामा कोरोना संक्रमण देखिएको बताए ।

शनिबार थपिएका मध्ये २८६ पुरुष र ३७ महिला रहेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो।

यो सँगै कोरोना संक्रमित संख्या ३ हजार २ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ पुरुष र २ सय ३२ महिलामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ३६५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका मध्ये २९९ पुरुष र ६६ जना महिला रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म देशका ७०  जिल्लामा संक्रमण देखिएको छ।

जेठ २० गते होम क्वारेन्टाइनमै मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

जेठ १६ गते सुर्खेतबाट गाउँपालिकाको क्वारेन्टाइनमा पुगेका उनको २० गते बुधबार होम क्वारेन्टाइनमै रहेको बेला मृत्यु हो । जेठ २२ गते पिसिआर गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो।

२० गते मृत्यु भएका उनको २२ गते स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । त्यसैगरी, धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी ५५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय