प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। पछिल्लो २४ घण्टाभित्र ८३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ६६ पुगेको हो।

शनिबार सप्तरी जिल्लामा ७, धनुषा जिल्लामा ८, महोत्तरी जिल्लामा ३५, सर्लाही जिल्लामा २७ र रौतहट जिल्लाका ६ जना ब्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षण मार्फत सप्तरी जिल्ला वलान बिहुल गाँउपालिकाका २७ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरू र सोही गाउँपालिका २० र २७ बर्षका २ जना महिलाहरूमा कोरोना संक्रमणको पुष्टि भएको छ।

धनुषा जिल्लामा भने देबपुरा रुपैठा क्वारेण्टाइनका १९ देखि ५४ बर्ष उमेर समुहका ६ जना पुरुषहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।

महोत्तरी जिल्लामा जलेश्वर क्वारेण्टाइनका १७ जना पुरुष, मटिहानी क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा क्वारेण्टाइनका ६ जना पुरुष, गौशाला क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाईनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरू मध्ये गौशला क्वारेन्टाइनका २२ बर्षिय १ जना महिला संक्रमण पुष्टि भएको छ भने अन्य क्वारेन्टाईनमा ११ देखी ४४ बर्ष उमेर समुहका ३४ जना पुरुषहरू संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डांैबाट प्राप्त विवरण अनुसार सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरूमा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरू १६ देखि ३६ बर्ष उमेर समुहका रहेको बुझिएको छ।

रौतहट जिल्ला ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेको ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।

कोरोना संक्रमितहरूको संख्या बढीरहेको वर्तमान समयमा कारोनालाई जितेर सामान्य जीवनमा फर्कनेहरूको संख्या समेत बढी रहेको छ। यस २ नम्वर प्रदेशमा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरू उपचार पश्चात निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय