लकडाउन अवधिको कर मिनाहा गर्न माग राखेर वीरगञ्जमा कांग्रेसकाे प्रदर्शन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २४ गते १६:२७

नेपाली कांग्रेसले वीरगञ्जमा लकडाउन अवधिभरको कर मिनाह गर्न माग गर्दै भन्दै विरोधप्रदर्शन गरेको छ। वीरगञ्जको अदर्शनगर चोकमा भेला भएका नेपाली कांग्रेसेका नेता कार्यकर्ताले लकडाउन अवधिभरको कर र बैंकको ब्याज तथा विजुलीको बील माफ गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए।

लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आएको अवस्थामा सरकार कर असुल्न मात्रै उद्दत रहेको आरोप लगाउँदै नेपाली काँग्रेस पर्साका साभपति अजय दुबेदीले कर मिनाह गर्नुपर्ने बताए।

लक डाउनले सम्पूर्ण व्यवपार व्यसाय बन्द रहेको बेला जबरजस्ती कर बुझाउन दवाव दिनु सरकारको गैरजिम्मेवार भएको कांग्रेसको आरोप छ। जनताले भोकभकै कष्टकर जीवन बिताइरहेको बेला कर तिर्न उर्दी गर्नु जनतालाई थप समस्यामा पार्नु भएको कांग्रेसको आरोप छ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले समाजिक दूरी कायम गर्दै आदर्शनगरमा कोणसभा पनि गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय