डोल्पाका ५८ वर्षीय मृतकको कोरोना पोजेटिभ, मृत्यु हुने संख्या १२ पुग्यो

जेठ २० गते होम क्वारेन्टाइनमै मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्र्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

जेठ १६ गते सुर्खेतबाट गाउँपालिकाको क्वारेन्टाइनमा पुगेका उनको २० गते बुधबार होम क्वारेन्टाइनमै रहेको बेला मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ। जेठ २२ गते पिसिआर गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो।

२० गते मृत्यु भएका उनको २२ गते स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताएका छन्।

भौगोलिक विकटताका कारण प्रतिष्ठानको स्वासथ्य टोली जगदुल्ला पुग्न दुई दिन लाग्ने भएकाले स्थानीय स्वासथ्यकर्मिहरुसँग सम्पर्क गरी कन्ट्याक्ट टे«सिङको काम भइरहेको र मृतकको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय