बाजुरा क्वारेन्टाइनमा ६५ वर्षीय पुरुषको मृत्यु

बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।

जेठ १६ गते भारतबाट गाउँपालिकाको क्वारेन्टाइनमा पुगेका उनको शनिबार बिहान ८:३० बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रातले जानकारी दिए।

‘उनी दमको बिरामी थिए। हिँजो साँझ दम बढेको बताएपछि औषधीसमेत खुवाएका थियौं, बिहान चिया खाएको भन्ने सुन्नमा आएको छ’, वडाध्यक्ष रावतले भने, ‘उहाँलाई दमको बाहेक केही समस्या थिएन।’

मृतकको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको अध्यक्षले जानकारी दिए। उनले भने,‘दमको बिरामी भएकाले मृत्यु भएको भन्ने अनुमान गरिएको छ, स्वाब संकलन गरेर आजै अन्तिम संस्कार गर्नेबारे छलफल गरिरहेका छौं।’

गाउँपालिकाले भारतबाट आएका ५९ जनालाई विद्यालयको क्वारेन्टाइनमा राखेको थियो। गाउँपालिकाका अन्य तीन जनाको आरडिटी गर्दा जोजेटिभ देखिएको र प्रदेश सरकारले स्वाब परीक्षण बन्द गर्दा स्वाब परीक्षणमा समस्या भएको वडाअध्यक्षले बताए।

क्वारेन्टाइनमा रहेका अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको दैनिक चेकजाच भइरहेको रावलले जानकारी दिए। गाउँपालिकाको क्वारेन्टाइनमा अहिलेसम्म ७ सय ७९ जना रहेको जानकारी रावतले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय