डिप्रोक्स लघुवित्तको सत्तिबजार शाखाद्वारा २० हजारको राहत प्रदान

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सत्तिबजार कैलालीले क्वारेन्टाइनमा रहेकालाई सहयोग गर्ने गरी २० हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ।

शाखा प्रवन्धक जीवनराज पाठकका अनुसार जिरा मसिनो चामल ९ बोरा, ३० केजी दाल, ५ लिटर तेल, २० केजी नुन र १२ वटा साबुन टीकापुर नगरपालिका- ७ सत्तिबजारका वडाध्यक्ष रामलाल डगौरा थारुमार्फत प्रदान गरिएको हो।

कोरोनाका कारण भारतबाट आएका मानिस क्वारेन्टाइनमा समस्यामा परेको भन्दै उनीहरूलाई थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको शाखा प्रवन्धक पाठकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय