सुरक्षित मातृत्व सेवाका लागि चौधरी फाउन्सडेसनद्वारा स्वास्थ्य उपकरण सहयोग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २४ गते १२:४८

चौधरी फाउन्सडेसनले प्रसुती सेवा केन्द्रहरूका लागि स्वास्थ्य सम्बन्धी विविध उपकरण वितरण गरेको छ। शुक्रबार फाउन्सडेसनका उपाध्यक्ष निर्वाण चौधरीले सामग्री सुरक्षित मातृत्व सञ्जाल महासंघका महासचिव रविन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि अत्यावश्यक ६० थान पिपिई, ७५ सय थान मास्क, ६ हजार थान ग्लोब्स, ३० थान थर्मल गन, १ सय ६० लिटर सेनिटाइजर, १ हजार ६ सय ८० थान सेनिरी प्याड, ६ सय थान हातधुने साबुनलगायतका सामाग्री वितरण गरिएको हो।

महिलाहरूको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकारको रक्षाका लागि विविध कार्य गर्दै आएको सुरक्षित मातृत्व सञ्जाल महासंघले उक्त सामाग्री प्रदेश २ का विभिन्न ३० प्रसुती गृहमा वितरण गर्ने महासंघले जनाएको छ।

नेपाल दक्षिण एशियामा नै उच्च मातृ र शिशु मृत्युदर भएको मुलुक अन्तर्गत पर्दछ। सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा प्रति एक लाखमा २ सय ३९ मातृ मृत्युदर छ। स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरू चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएका अवस्थामा उक्त सामग्री प्रदान गरिएको बताइएको छ।

‘२ नम्बर प्रदेशमा भारतबाट आउने मानिसको संख्या ठूलो छ। कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजात शिशुको स्वास्थ्य यस क्षेत्रमा अझ बढि जोखिममा रहेको छ । यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा दिँदै स्वास्थ्य सामग्रीकै अभावमा उपचार नपाएर गर्भवती, सुत्केरी तथा नवजात शिशु कसैले अकालमै ज्यान गुमाउन नपरोस भनी उक्त सामग्री सहयोग गरेको हो’, फाउन्सडेसनले भन्यो।

यसअघि फाउन्सडेसनले मुलुकभरिका विभिन्न १ सय १९ स्वास्थ्य केन्द्रहरूमा मेडिकल उपकरण वितरण गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय