दुई साताअघि भारतबाट आएका माडीका २७ वर्षीय पुरुषको मृत्यु

भारतबाट आएका एक पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ। दुई साताअघि भारतबाट आएका माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि माडीको क्वारेन्टाइनमा रहेका उनलाई शुक्रबार भरतपुर अस्पताल ल्याइएको थियो।

भरतपुर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा बिहान मृत्यु भएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए।

उनका अनुसार ती युवकको मृत्यु बिहान १० बजे भएको हो। मृत्यु हुनुअघि साढे ९ बजे स्वाब झिकेर कोरोना परीक्षणका लागि प्रयोगशाला पठाइएको डा. अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय