३० वर्षमा स्वास्थ्यकर्मी संघ, बढ्दैछ आन्तरिक र वाह्य चुनौती

मुलुकमा वहुदलीय व्यवस्थासँगै बनेको प्रजातन्त्रमा विश्वास राख्ने स्वास्थ्यकर्मीको साझा संस्था नेपाल स्वास्थ्यकर्मी संघ ३० वर्षमा प्रवेश गरेको छ ।

मुलुकमा बढ्दो कोरोना कहर र जारी लकडाउनका कारण २९औं स्थापना दिवस सामाजिक सञ्जाल (वाल शुभकामना)मा सीमित भएको छ । २९ वर्षपहिला कोइराला निवास महाराजगञ्जमा डा. चोपलाल भुषालको अध्यक्षतामा संघको स्थापना भएको थियो । संघका संस्थापक महासचिव फिजियोथेरापी चिकित्सक हरी लम्साल थिए ।

मुलुक संघीयतामा गएसँगै तीन तहका सरकारका सेवा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनिनसकेको र स्वास्थ्य सेवा ऐन निस्कृय प्रायः रहेको अवस्थामा यस्ता ट्रेड युनियानकै भूमीका र भविष्य अन्यौलमा परेको छ ।

यद्यपि संघमा प्रजातन्त्रमा विश्वास राख्ने १८ हजारभन्दा बढी स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, महिला स्वयम्सेविकासमेत संघका सदस्य छन् । ७५ वटै जिल्ला, ७ प्रदेश कमिटी, ५० प्रतिष्ठान शाखासमेत रहेको संघ देशकै सबैभन्दा ठूलो स्वास्थ्य ट्रेड युनियान भएको महासचिव दिपकराज भट्टले बताए ।

संघका अध्यक्ष रामजी घिमिरेले संघीय कानून संसोधन नभएको, स्वास्थ्य सेवा ऐन पूर्ण सक्रिय वा खारेजी नभएको अवस्थामा स्थानीय सरकारहरुले स्वास्थ्यकर्मीका संस्थालाई नस्वीकारेको बताए । ‘कानूनले नै स्पष्ट ठाउँ नदिएपछि निश्चित रुपमा साथीहरुको आकर्षण कम छ’ घिमिरेले भने, ‘तर आन्तरिक जीवनमा संस्था मजभुत र फराकिलो बनेको छ’

घिमिरेले संघको सरकारी, निजी, अस्पताल विकास समिति, स्वयम्सेविका, स्थानीय स्तर, मेडिकल कलेजसमेतमा बलियो उपस्थिति हुनु राम्रो पक्ष भएको घिमिरेले बताए ।

संघका पूर्व सहअध्यक्ष ओम उपाध्यायले मातृ पार्टी, ट्रेड युनियानसँग प्रयाप्त समन्वयको अभाव जस्ता कारणले संघ राष्ट्रिय एजेण्डा र मिसनमा जोडिन नसक्नु प्रमुख चुनौती भएको बताए । ‘संघको सदस्य भएका साथीहरुलाई सरुवा, सेवा सुविधा सन्दर्भमा असुरक्षा हुँदा संघले संरक्षण दिन सक्नुपर्छ’ उपाध्यायले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय