भारतमा २४ घण्टामा कोरोनाका कारण ३ सयको मृत्यु, १० हजार संक्रमित

कोरोना भाइरसका कारण भारतमा एक दिनमा ३ सय जनाको मृत्यु भएको छ भने करिब १० हजार नयाँ संक्रमित थपिएका छन्।

भारतले कोरोना संक्रमितको संख्यामा इटालीलाई पछि पारेको छ। भाइरस संक्रमित संख्याको आधारमा भारत छौटौं स्थानमा उक्लिएको छ भने इटाली सातौं नम्बरमा रहेको छ।

बितेको २४ घण्टामा मात्रै भारतमा ९ हजार ८ सय ८७ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने तीन सयले ज्यान गुमाएका छन्। योसँगै भारतमा ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ४९ पुगेको छ भने २ लाख ३६ हजार ६ सय ५७ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख १४ हजार ७३ जना निको भएका छन्।

भारतमा भाइरसको संक्रमितबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा ८० हजार २ सय २९ जनामा संक्रमण रहेको पुष्टि भएको छ भने २ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ९८ हजार ३ सय २४ जनाको मृत्यु भएको छ भने ६८ लाख ५० हजार ५ सय ९७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ३३ लाख ५१ हजार २ सय ४९ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय