कोरोनाले विश्वभर ६ सय नर्सको मृत्यु, तथ्यांक खोज्दै आइसिएन

कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न अग्रपंक्तिमा खटिएका विश्वभरका करिब ६ सय नर्सको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलका अनुसार जुन ३ सम्म भाइरसको महामारीसँग लडिरहेका ६ सय नर्सले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २ लाख ३० हजार जना संक्रमित रहेका छन्।

कोरोना भाइरसको महामारीमा परेर ज्यान गुमाउने स्वास्थ्यकर्मीको यकिन तथ्यांक नभए पनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित सूचनाका आधारमा विश्वभर २ लाख ३० हजार स्वास्थ्यकर्मी तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारी संक्रमित भएका छन् भने ६ सयको ज्यान गएको अनुमान अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आइसीएन) को छ।

नर्सिङ काउन्सिलका सिइओ हवार्ड क्याटनले विगत केही सातादेखि आफू कोरोना भाइरसका कारण ज्यान गुमाउने नर्स तथा स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिरहेको बताए । उनले अहिलेसम्म ६ सयको मृत्यु र २ लाख ३० हजार संक्रमित भएको तथ्यांक आफूले फेला परेको जानकारी दिएका छन्।

‘हामी कोरोनाका कारण मृत्यु र संक्रमित स्वास्थ्यकर्मीको तथ्यांक खोजिरहेका छौं। सबै देशलाई यो आवश्यक पनि छ। सबै देशसँग तथ्यांक मागिरहेका छौं, यसमा स्वास्थयकर्मीको मनोवैज्ञानिक, शारीरिक तथा यौनजन्य घटना पनि समावेश गरिन्छ,’ क्याटनले भनेका छन्।

नर्सिङ काउन्सिलका सिइओ हवार्ड क्याटनले विगत केही सातादेखि आफू कोरोना भाइरसका कारण ज्यान गुमाउने नर्स तथा स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिरहेको बताए । उनले अहिलेसम्म ६ सयको मृत्यु र २ लाख ३० हजार संक्रमित भएको तथ्यांक आफूले फेला परेको जानकारी दिएका छन्।

‘यो तथ्यांकबिना कसैलाई पनि कोरोना महामारीको लगत तथा शक्ति थाहा हुँदैन,’ उनले भनेका छन्, ‘यो तथ्यांकले हामीलार्ई भविष्यमा आउने अन्य महामारीसँग लड्न सक्षम बनाउने छ।’

कोरोना भाइरसले सर्वसाधारणका साथै महामारीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका स्वास्थ्यकर्मी तथा नर्सको समेत ज्यान लिइरहेका तथ्य र तथ्यांकको अभावमा भावी रणनीति तयार गर्न समस्या भएको भन्दै सिइओले महामारीको आँकलन तथा पूर्ण तयारी नभएकाले समस्या हुनुका साथै धेरै स्वास्थ्यकर्मी संक्रमित भएर ज्यान गुमाउनुपरेको बताएका छन्।
अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको विश्लेषणअनुसार विश्वभर कोरोना भाइरसका संक्रमितमध्ये ७ प्रतिशत स्वास्थ्यकर्मी (नर्स, डाक्टर) तथा स्वास्थ्य सेवासँग निकट रहेका व्यक्तिहरू रहेको छ। त्यसअनुसार स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेको देखाएको छ।

काउन्सिलले विश्वभरका ६० लाख बढी संक्रमितलाई ४ लाख ५० हजार स्वास्थ्यकर्मीले स्याहार तथा उपचार गरिरहेको जनाएको छ। संक्रमितको उपचारमा खटिँदा उनीहरूसमेत उच्च जोखिममा छन्।

कोरोना भाइरसको संक्रमित अनुपातमा देशअनुसार भिन्नता भए पनि धेरै देशले भाइरसबाट ज्यान गुमाउने तथा संक्रमितको तथ्यांक नै नराख्दा अन्तर्राष्ट्रिय स्तरमा भाइरसप्रति चुनौती थपिँदै गएको र यसले जोखिम मोल्न बाध्य भएको काउन्सिलको भनाइ छ।

यो तथ्यांक आंशिक र प्रारम्भिक भए पनि यसबाट धेरै पाठ सिक्न सकिने भन्दै सिइओ क्याटनले सबै देशलाई तथ्य तथ्यांक राख्न अनि सहकार्य र समन्वय गरिरहेको भनेका छन्। यो रिपोर्टले स्वास्थ्यसेवासँग सम्बन्धित समस्याबारे सबैलाई सचेत रहन आग्रह गर्नुका साथै सिंगापुरमा १ प्रतिशत र आयरल्यान्डमा ३० प्रतिशतले संक्रमण दर र मृत्युदरको फरकबारे जानकारी दिने जनाएको छ।

काउन्सिलले जर्मनी तथा स्पेनजस्ता मुलुकमा देखिएको संक्रमित र मृत्यु संख्याबीचको फरकमा योगदान दिई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने, ल्याटिन अमेरिकी देशहरूमा स्वास्थ्यकर्मीको उच्च मृत्युदरको कारण पत्ता लगाउन र अस्पताल तथा स्वास्थ्य स्याहार केन्द्रमा फरक संक्रमणको दरबारे जानकारी पाउन महत्वपूर्ण हुने बताएको छ।

‘अहिलेको विषम परिस्थितिमा नर्सिङ पेशा सबैभन्दा खतरनाक तथा चुनौतीपूर्ण पेशा हो। कोरोना भाइरसका कारण मृत्यु तथा संक्रमित भएका स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरी वास्तविकता बाहिर ल्याए भविष्यमा आउने महामारी तथा अन्य संक्रामक रोगसँग लड्न सजिलो हुनेछ, जुन स्वास्थ्यकर्र्मी बचाउने सम्बन्धमा महत्वपूर्ण सावित हुनेछ,’ अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलका सिइओ क्याटनले ठम्याइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय